काठमाडौं । सीता हाइड्रो पावर कम्पनीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मनाङस्थित दूध खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत हुने प्रक्रियामा छ ।
मन्त्रालयले प्रतिवेदन स्वीकृत गर्न प्रक्रिया पूरा गर्ने क्रममा सरोकारवालासँग राय तथा सुझाव मागेको छ । मन्त्रालयले अबको २ साताभित्र प्राप्त हुने गरी सरोकारवालाहरूसँग सुझाव मागेको हो ।
विद्युत विकास विभागले २०७४ जेठमा आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।
आयोजना निर्माण गर्न ८.७९२ हेक्टर सरकारी वन र ७.७५ हेक्टर निजी वन अधिग्रहण गर्नुपर्ने कम्पनीले मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्रतिक्रिया