सक्कली भनेको सुन नक्कली परेपछि.....

५ बर्ष अगाडि

काठमाडौं–सुन तस्करले सक्कली भनेर बिक्री गर्न ल्याएको सुन नक्कली भएपछि घटनाले अर्कै मोड लिनपुगेको छ ।  अाजकाे गाेरखापत्र दैनिकले खबर छापेकाे छ । 

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विशेष सुराकीको आधार मङ्गलवार बिहान नागढुङ्गाबाट दुई किलो सुनसहित छ जनालाई पक्राउ गरेको थियो तर दिउँसो प्रहरी परिसर कार्यालय टेकुमा आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले बरामद सुन नक्कली भएको जानकारी दिए । 

उक्त सुन बोकेर ग्राहकको प्रतिक्षा गरिरहेका धादिङ गङ्गाजमुनाका अभिषेक तामाङ सहित छजनाको टोली सुन बेचेर करिब दुई करोड प्राप्त हुने लोभमा थिए । 

सुन पक्राउपछि प्रहरीको विशेष अनुसन्धान टोली समेत १५ देखि २० प्रतिशत कमिसन प्राप्त हुने आशमा थियो । 
केही व्यक्ति अवैध सुन बोकेर ग्राहक खोज्दै हिँडेको सूचनाका आधारमा परिसरबाट पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको थियो । 
सो टोलीले अबैध एक–एक किलो सुनको ‘दुईटा विस्कुट सहित छ जना पक्राउ गरेको २४ घण्टा नबित्दै नक्कली भएको प्रमाणित भएपछि सबै हिस्स परेका हुन् । 
परिसरका प्रवक्ता जोशीले भने–ल्याव टेष्ट गर्दा सुन नक्कली नै भएको पुष्टि भयो ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया