काठमाडौं – नेपा ल विद्युत प्राधिकरणले चालु आवको बर्षात्को समयमा रू. ६८ करोड बराबरको विद्युत निर्यात गरेको छ । बर्षातमा पानीको मात्रा बढी हुँदा नेपालमा आवश्यक भन्दा बढी विद्युत उत्पादन हुन्छ । प्राधिकरणले उत्पादन बढी हुदाँ नेपालमा खपत नभएको विद्युत भारतलाई बिक्री गरेको हो ।
प्राधिकरणले गत आर्थिक बर्षमा ३७ करोडको विद्युत निर्यात गरेको थियो, जसअनुसार चालु आर्थिक बर्षमा विद्युत निर्यात उच्च मात्रामा बढेको देखिन्छ । नेपालमा विद्युतको उत्पादन बढेपछि निर्यात पनि बढेको प्राधिकरणको भनाइ छ ।
यद्यपि, नेपालको विद्युत व्यापार भने घाटामा छ । हिउँदको समयमा भने प्राधिकरणले विद्युत आयात गर्नुपर्ने हुन्छ । उक्त समय नेपालमा आवश्यक मात्रामा विद्युत उत्पादन हुदैन । त्यो समयमा नेपालले विद्युत आयात गर्दै आएको छ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपाललेरू. ६ अर्ब ६१ करोडको विद्युत आयात गरेको छ । जुन गत आवको भन्दा करिव ३३ प्रतिशतले कम हो ।
गत आवको ६ महिनामा रू. ९ अर्ब ८६ करोडको विद्युत आयात भएको थियो । गत आवमा भने रू. २१ अर्ब ३१ करोड को विद्युत आयात गरिएको थियो ।
अहिले तामाकोशी जस्तो ठुला विद्युत परियोजनाहरु निर्माणधिन अवस्थामा छन् । आगामी वर्षहरूमा त्यस्ता ठूला परियोजनाहरु सञ्चालनमा आउने हुनाले विद्युत व्यापार नेपालको पक्षमा हुने देखिन्छ ।
प्रतिक्रिया