ग्याँस र तेल लुकाउनेले २/२ लाख तिरे, कालोबजारीको शंका लागे ११३७ मा फोन गर्नुस्

४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई÷दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

टीकाभैरवको सत्याल एण्ड किराना पसल र मैतीदेवीको मैतीदेवी पेट्रोल पम्पललाई जनही दुई लाख जरिवाना गरेको हो । 

विभागले बजरा अनुगमन गर्ने क्रममा कृत्रिम अभाव सिर्जना गरेको फेला परेपछि उनीहरुलाई जरिवाना गरेको हो । 

सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामान लुएकाएर राखेको तर उपभोक्तालाई कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । यस्तै मैतीदेवी पेट्रोलियम सप्लायर्सपनि इन्धन भण्डारण गरेर अभाव भन्दै ढाँटेको पाइएको थियो । 

विभागले उपभोक्तालाई सूचना जारी गर्दै कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे ११३७ मा फोन गरेर विभागमा गुनासो गर्न आह्वान गरेको छ । 

नियमित बजार अनुगमन गरकेो विभागको टोलीले बुधरबार पनि १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया