प्रतिलिटर १० रुपैयाँ घट्यो डिजल, पेट्रोल र मट्टीतेल, हवाई इन्धन १५ रूपैयाँ सस्ताे

बुधबार, १९ चैत्र २०७६, १९ : ३४

सरकारले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरेको कारण अन्तराष्ट्रिय बजारमा मूल्य घटेपछि नेपालमा पनि घटाइएको जानाएको हो । 

१ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजलरमटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

निगमका अनुसार अब पेट्रोलको मूल्य काठमाडौंका लागि प्रतिलिटर ९६ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिलिटर १५ रुपैयाँले घटाइ ७५ रुपैयाँ कायम गरिएको छ भने बाह्य उडानतर्फको हवाई इन्धन प्रति टन ९५० अमेरिकी डलर कायम गरिएको छ ।

 

बुधबार, १९ चैत्र २०७६, १९ : ३४

प्रतिक्रिया