आयल निगमले दियाे काेराेना उपचार काेषमा ५० करोड

विहीबार, २० चैत्र २०७६, १४ : २६

कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ । 

निगमले आज बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । 

निगमले पहिला देखि नै राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएकोमा यसपटक पनि सोही सहयोगको निरन्तरता भएको जनाएको छ । 

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले सरकारले चालेको कदममा सहयात्री बन्न पाउँदा निगम परिवारले गौरव महसुस गरेको बताए । 

कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबैले सहयोग गर्नसमेत निगमले अनुरोध गरेको छ ।

विहीबार, २० चैत्र २०७६, १४ : २६

प्रतिक्रिया