कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाइएको छ । कोराना संक्रमणको पहिलो परीक्षणपछि थप परीक्षणका लागि ४ जनाको रिपोर्ट काठमाडौं पठाइएको प्रतिष्ठानका डा।बुद्धि थापाले जानकारी दिए । तीमध्ये एक व्यक्तिमा भने पहिलो रिपोर्ट पोजेटिभ आएको र थप परीक्षणका लागि टेकु पठाइएको बताइएको छ ।
गण्डकी प्रदेशबाट कोराना भाइरसको आशंका गरिएका ६० जनाको नमूना संकलन गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण नदेखिएको निर्देशनालयले जनाएको छ । यसअघि विदेशबाट फर्किएका ६ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ ।
प्रतिक्रिया