वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमामा आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउन राष्ट्रिय जनता पार्टीले माग गरेको छ ।
वीर अस्पतालसँगै स्थापना भएको उक्त अस्पतालमा अहिलेसम्म भेन्टिलेटर, सिटीस्क्यान, कोरोनासम्बन्धी टेस्टका लागि मेसिन न हुनु दुर्भाग्य भन्दै उक्त पार्टीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।
कोभिड–१९ को विश्वमा महामारीको अवस्था रहेकाबेला तराई÷मधेशको स्वास्थ्य सुरक्षाका लागि अझै विशेष ध्यान दिनुपर्ने समयमा प्रदेश सरकारलेसमेत नारायणी उपक्षेत्रीय अस्पताललाई विभेद गरेको महसुस भएको राष्ट्रिय जनता पार्टी, नेपालका सहमहासचिव नेजामुद्दीन समानीले आज एक विज्ञप्ति जारी गरी जनाएका छन् ।
प्रदेश सरकारले आठवटै जिल्लामा रहेका अस्पतालसँग समान व्यवहार गर्न अनुरोध गर्दै उनले प्रदेशमा रहेका आठवटै जिल्लामा ५० श्ययाको सुविधासम्पन्न अस्पताल बनाउनसमेत माग गरेका छन् ।
प्रतिक्रिया