परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने

विहीबार, २७ चैत्र २०७६, ०७ : ३७

कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ ।
 
कतिपय एम्बुलेन्सले सम्भावित सङ्क्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति पिआरटी को बैठकले यस्तो सिफारिस गरेको हो । 

एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने  प्रनाउ काफ्लेले बताए।

जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।

विहीबार, २७ चैत्र २०७६, ०७ : ३७

प्रतिक्रिया