कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई ढुक्क भएर काम गर्न स्वास्थ्य राज्यमन्त्री नवराज रावतले आग्रह गरेका छन् ।
आज जाजरकोट सदरमुकाममा स्थित स्वास्थ्य सेवा कार्यालयको निरीक्षण गर्नुहुँदै मन्त्री रावतले सो कुरा बताएका हुन । सुर्खेत र जाजरकोटको स्वास्थ्य सेवा कार्यालयको निरीक्षण तथा कोरोना रोकथामका लागि भएका काम कारवाहीको निरीक्षण गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
मन्त्री रावतले भने, “स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी र जनप्रतिनिधि अग्रमोर्चामा काम गर्नुपर्ने भएकाले यो सङ्कटको घडीमा जोगिन र जोगाउन संवेदनशील बन्नुपर्ने पर्छ ।” जिल्लामा निर्माण भएका क्वारेन्टाइन, आइसोलेसनको निरीक्षण, भ्रमण गरी थप सामग्री केही दिनमा पठाउनेसमेत उनले बताए । केही स्वास्थ्य सामग्री स्वास्थ्य सेवा कार्यालयमा मन्त्री रावतले हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया