स्वास्थ्य र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग

शुक्रबार, २८ चैत्र २०७६, २२ : ५८

नेपाली काँग्रेस कास्कीले राष्ट्रिय सङ्कटका बेला अग्रपङ्क्तिमा सेवा दिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो बनाउन माग गरेको छ ।

जिल्ला सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै मानसिक दबाब र त्रासपूर्ण वातावरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई काम गराउन नहुने भन्दै आवश्यक सुरक्षा सामग्री एवं सुविधासहितको व्यवस्था गरी मनोबल उठाउने वातावरण बनाउन सरकारसँग माग गरेका हुन्  

राहत वितरणसमेत प्रभावकारी नभएको र राजनीतिक पूर्वाग्रह भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । मजदूर र ज्यालादारी गर्नेसम्म राहत पुग्न नसकेको गुनासो टोलटोलबाट आएको उल्लेख गर्दै विज्ञप्तिमा कष्टकर दैनिकी बिताउन बाध्य वर्गलाई यथाशीघ्र राहत उपलब्ध गराउन माग गरिएको छ ।
 

शुक्रबार, २८ चैत्र २०७६, २२ : ५८

प्रतिक्रिया