नेपालमा ६ दिनयता कोरोना संक्रमित थपिएनन्

शनिबार, २९ चैत्र २०७६, ०७ : २२

काठमाडौं – पछिल्लो ६ दिनयता कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या स्थिर रहेको पाइएको छ । 


पछिल्लो दिनमा परीक्षण गर्ने क्रम बढाइँदासमेत कोरोना संक्रमितको संख्या नदेखिनुलाई सकारात्मक रुपमा लिइएको सरकारी अधिकारीहरुले बताएका छन् । 


गत २४ घण्टामा ६ सय ३० जनाको कोरोना परीक्षण गर्दा कसैमा पनि संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ । 
 

शनिबार, २९ चैत्र २०७६, ०७ : २२

प्रतिक्रिया