मन्त्रालय गाभिएपछि सचिवहरू अन्योलमा

६ बर्ष अगाडि

काठमाडौं-  सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन्। सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन्।

बालुवाटारमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका ३० वटा मन्त्रालयलाई १७ वटामा सीमित गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को यो निर्णयस“गै अब संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र १७ वटा मन्त्रालय मात्रै रहनेछन्। कुन मन्त्रालयमा कुन सेवा समूहका सचिव राख्ने सरकारले निक्र्योल गर्न सकेको छैन।

सरकारले गाभिएका मन्त्रालयका सचिवलाई फाजिलमा राख्दा मनोबल खस्कन सक्ने भन्दै तत्काल एकै मन्त्रालयमा तीन जनासम्म राख्ने गरी सचिवको व्यवस्थापन गर्न गृहकार्य अघि बढाएको छ।

तर, एउटै मन्त्रालयमा तीन जना सचिव राख्दा जिम्मेवारी र कार्यक्षेत्र विषयमा सचिवहरू बीचमै विवाद उत्पन्न भई मन्त्रालयको काम काजमै प्रभावित हुने देखिन्छ। यसअघि भौतिक, संघीय मामिलालगायत मन्त्रालयमा दुई जना सचिव राख्दा सचिव बीचमै तीव्र विवाद भएपछि ती मन्त्रालयमा दुई वटा सचिवको दरबन्दीबाट एउटा कटौती गरिएको थियो। अहिले अर्थ मन्त्रालयमा भने अर्थसचिव र राजस्व सचिव गरी दुई जना सचिव छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया