काभ्रे र धादिङ्गका ३ जना युवामा कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ ।
आज गरिएको र्यापिड डइग्नेष्टिक टेस्टमा काभ्रेको मण्डनदेउपुरका एकजना र बेथानचोक गाउँपालिकाका एकजना र धादिङ्गको ज्वालामुखि गाउँपालिकाका एकजना युवामा एन्डिबडी नतिजा पोजेटिभ देखिएको हो ।
बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवा गत चैत ८ गते भारतबाट आएका थिए । गोवाबाट सँगै आएका उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ।
उनका परिवारको सदस्यको पनि परीक्षण भइरहेको बताइएको छ ।
यस्तै मण्डनदेउपुर नगरपालिकाका–२१ वर्षीय युवा चैत ७ गते दुबईबाट आएका आएका थिए । उनीहरु दुबै जनालाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको छ ।
युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।
धादिङ्गका युवा भने दक्षिण कोरियाबाट फागुन २७ मा घर आएका थिए । कोरियाबाट आएदेखि क्वारेण्टाइनमा बसेका उनलाई पीसीआर परिक्षणको लागि काठमाडौं पठाउने तयारी भएको बताइएको छ ।
यापिड डइग्नेष्टिक टेस्ट पूर्णतया भरपर्दाे नहुने भएकाेले पीसीआर परिक्षण अनिवार्य हुन्छ । त्यसपछि मात्रै काेराेना संक्रमण हाे या हाेइन भन्ने पुष्टि हुन्छ ।
प्रतिक्रिया