काठमाडौं- पूर्वउपप्रधानमन्त्री भीम रावलले संसदमा पेश भएको भूमिसम्बन्धी विधेयकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली लक्षित टिप्पणी गरेका छन् ।
उनले संसदमा सरकारले पेश गरेको भूमिसम्बन्धी विेधेयकका विषयमा टिप्पणी गर्दै मार्क्स र लेनिन जिवीतै रहेका भए ओलीका विरूद्ध क्रान्ति गर्नुपर्छ भन्थे होलान् भन्दै कटाक्ष गरेका छन् । उक्त विधेयकमा हदबन्दी भन्दा बढी जग्गा समेत बेचबिखन गर्न पाईने प्रावधान राखिएको भन्दै रावलले प्रधानमन्त्री ओलीप्रति आपत्ति जनाएका हुन् ।
उनले लेखेका छन्–
राजा महेन्द्रले २०२१ सालमा जमिन्दारी-सामन्ती प्रणाली समाप्त गर्न भूमिसुधार कार्यक्रम लागु गरी जग्गाको हदबन्दी तोक्ने अनि २०२८ सालमा सामन्तलाई नगिडी आउदैन है जनवाद भन्ने नारा दिदै झापाका जमिन्दार धर्म प्रसाद ढकाललाई समेत मारेर १४ वर्ष झ्यालखानामा कैद भोगेका र मार्क्सवादी-लेनिनवादी विशेषण भएको कम्युनिष्ट पार्टीका अध्यक्ष केपीओलीले प्रधानमन्त्री भएको बेला हदबन्दी भन्दा बढी भएको जग्गा बेच्न पाउने विधेयक संसदमा पेश गर्दा मार्क्स र लेनिन जीवितै रहेका भए केपीका विरूद्ध क्रान्ति गर्नुपर्छ भन्थे होलान् कि, लाजले भुत्तुक्कै भएर नेपालमा कहिल्यै नजाने प्रतिज्ञा गर्थे होलान् ? त्यस्तै महेन्द्र जीवित रहेका भए कम्युनिष्ट भनाउँदालाई नै भूमिसुधार चाहिएको रहेनछ, जमिन्दारलाई व्यर्थैमा चिढ्याइएछ भनी पश्चात्ताप गर्थे होलान कि ओली !
प्रतिक्रिया