भरतपुरमा शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौँमा पठाइयो

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : ४६

भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका  दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
 
बुधबार ¥यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
 
उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

गाउँपालिकाले सम्पूर्ण आवतजावत, भेला तथा जमघटका सबै गतिविधि पूर्णरूपमा बन्द गरेको छ । सीमानाकामा खटिन र वडामा लकडाउन नियमको पालना गर्न स्वयंसेवक खटाइएको छ । 

शुक्रबार, ०५ बैशाख २०७७, ०८ : ४६

प्रतिक्रिया