राष्ट्रपतिका लागि चर्को लबिङमा यी तीन

६ बर्ष अगाडि

काठमाडौं, १२ फागुन- राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसँगै सत्तासीन दल नेकपा एमालेभित्र दौडधुप बढेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिका लागि सबैभन्दा बढी आकांक्षी देखिएका छन् ।राजधानी दैनिकमा खबर छ |

आयोगले २९ फागुनमा राष्ट्रपति निर्वाचन मिति तोकेको छ । राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरूले लबिङ गरिरहेका छन् । राष्ट्रपति पदका लागि एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले पूर्वअध्यक्ष झलनाथ खनाल र पूर्वसभामुख समेत रहेका एमाले नेता सुवास नेम्बाङ लबिङमा छन् । यस्तै, नेता माधवकुमार नेपाललाई समेत केही नेताले राष्ट्रपतिका लागि उम्मेदवार बन्न हौस्याएका छन् ।

एमाले उच्च स्रोतका अनुसार वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली रहेका छन् । तर, उनलाई पार्टीभित्रै ब्यालेन्स मिलाउन पनि भण्डारीबाहेकलाई नै राष्ट्रपति बनाउनुपर्ने दबाब छ । वर्तमान राष्ट्रपति भण्डारीले राष्ट्रपति पदका लागि माओवादी केन्द्रको समेत साथ लिएर सकेसम्म सहमतिमा नै कार्यकाल दो¥याउन चाहेकी छन् ।

राष्ट्रपतिका लागि एमाले नेता नेम्वाङले आफूनिकटका नेतासँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले आफ्ना निकटका नेतासँग आफूलाई उपप्रधानसहित जिम्मेवार मन्त्रालय लिएर सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट आग्रह भएको भए पनि आफ्नो इच्छा मन्त्रीमा नभएको भन्दै राष्ट्रपतिमा नै रहेको बताएका छन् । अर्का नेता खनालले त सार्वजनिक कार्यक्रमहरूमा नै पार्टीले जिम्मा दिए आफू राष्ट्रपतिका लागि तयार रहेको दाबी गर्दै आएका छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया