कोरोना भाइरस फैलन नदिनका लागि क्वारेण्टाइनमा राखेका व्यक्तिहरुमा औलो संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेण्टाइनमा रहेका व्यक्तिमा औलो संक्रमण पोजेटिभ भेटिएको जनाएको छ ।
औलो लामखुट्टेको टोकाईबाट लाग्ने रोग हो । यो रोगका कारण विश्वमा हरेक २ मिनेटमा एकजना बच्चाको ज्यान जाने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
औलोको प्रकोप गर्मीयाममा धेरै हुने भएकोले सचेत रहन उनले सबैलाई आग्रह गरे । क्वारेण्टाइनमा बसेकाहरुलाई सुरक्षित रहन र लामखुट्टेको टोकाइबाट बच्न उनले आग्रह गरे ।
सरकारले नेपाललाई सन् २०२५ भित्र औलो मुक्त राष्ट्र बनाउने लक्ष्य अनुसार काम गरिहेकोले औलोबाट बच्नका लागि सरसफाईमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।
‘लकडाउनको समयपनि भएकोले फूर्सदको समयमा आफ्नो घरवरपर सरसफाई गरौँ, गर्भवती महिला र बच्चाबच्चीलाई लामखुट्टेको टोकाईबाट रोकौँ’, प्रवक्ता डा. देवकोटाले भने ।
ज्वरो आएमा वा अन्य लक्षण परोपकार प्रसुती अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले यो बेला गर्भवति महिलालाई विशेष गरी औलोबाट बचाउनुपर्ने बताए ।
उनका अनुसार त्यसका लागि साबुनपानीले हात धुने, घरवरपर सरसफाई गर्ने, लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने हुन्छ ।
प्रतिक्रिया