विश्व स्वास्थ्य संगठनकाे चेतावनी : निको भइसकेकाहरूमा पनि सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ

आइतबार, १४ बैशाख २०७७, ०७ : ३४

कोरोनाभाइरस सङ्क्रमणपछि निको भएर घर फर्किएका व्यक्तिलाई पुनः सङ्क्रमण हुँदैन भन्ने निश्चित नरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) शनिबार चेतावनी दिएको छ ।

उनीहरूलाई पुनः सङ्क्रमण नहुने कुराको सुनिश्चितता हुँदैन ।    
    
डब्लुएचओको चेतावनीको अर्थ यो हो कि सङ्क्रमणबाट निको हुनु भनेको सङ्क्रमणबाट स्वस्थ भएपछि पुनः यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड–१९ सङ्क्रमण ‘प्रतिरोधको प्रमाणपत्र’ होइन ।    
    
डब्लुएचओले शनिबार जारी विज्ञप्तिमा भनिएको छ, “कोभिड–१९बाट निको भएको वा रोग प्रतिरोधी औषधिको प्रयोग गरेको व्यक्ति दोस्रो सङ्क्रमणबाट सुरक्षित छ भन्ने अहिलेसम्म त्यस्तो कुनै तथ्य भेटिएको छैन ।”    

आइतबार, १४ बैशाख २०७७, ०७ : ३४

प्रतिक्रिया