प्रदेश नं.१ मा कोरोना  सङ्क्रमितको संख्या ३० पुग्यो

आइतबार, १४ बैशाख २०७७, ०८ : ३४

प्रदेश नं। १ मा  हालसम्म कोभिड–१९ बाट ३० जना सङ्क्रमित देखिएका छन् । 

प्रदेशमा शनिबारसम्म ५ हजार २१२ जनाको कोभिड–१९ को परीक्षणबाट ३० जना सङ्क्रमित फेला परेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालमा रहेको सूचना डेस्कले जनाएको छ । 

प्रदेशमा द्रूत परीक्षण विधि आरडीटी बाट ४ हजार २९८ जना  तथा थ्रोट स्वाब पिसीआरबाट ९१४ जनाको कोभिड–१९को  परीक्षण गरिएको छ । 

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शनिबारसम्म १ हजार २०४ छ भने भने स्वास्थ्यकर्मीहरुका निगरानीमा ३१ जना आइसोलेसनमा छन् । 
 

आइतबार, १४ बैशाख २०७७, ०८ : ३४

प्रतिक्रिया