आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै आज बिहान वीरगंजमा मृत्यु भएकी युवतीमा कोरोना भाइरस परिक्षण सम्बन्धी पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि नारायणी हस्पिटलको आइसोलेसनमा भर्ना तयारी गर्दागर्दै मृत्यु भएकी वीरगन्ज १० अशोकवाटिकाकी २३ वर्षीया मृतक युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको नारायणी हस्पिटलका डा निरज सिंह बताए ।
उनको शनिबार तराई हस्पिटलमा २ पटक र नारायणी हस्पिटलमा १ पटक गरिएको आरडीटी परिक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।
उनी ब्लड क्यान्सरको समेत बिरामी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए ।
भरतपुर क्यान्सर अस्पतालमा गत चैत ५ गते ब्लड क्यान्सर भएको प्रमाणित भएपनि घर गएर चैत १३ गते स्वास्थ्यमा समस्या बढेपछि एडभान्स अस्पताल पुगेकी थिइन ।
नेशनल मेडिकलमा कलेजमा उपचाका लागि गरेपपनि आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएपछि गएराती १० बजे तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।
अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो ।
प्रतिक्रिया