बैतडीमा  ‘लकडाउन’ ले रोकिएको खोप सेवा शुरु

सोमबार, १५ बैशाख २०७७, १४ : ५२

 ‘लकडाउन’का कारण रोकिएको खोप सेवा बैतडीमा पनि शुरु भएको छ । 

स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लामा नियमित खोप सेवा शुरु भएको हो । बालबालिकालाई जन्मेदेखि १५ महिनासम्म दिइने विभिन्न खोप तालिका अनुसार दिने कार्य शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । बैतडीमा ३३१ खोपकेन्द्रबाट खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बालबालिकाहरुलाई जन्मेदेखि १५ महिनाभित्र विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिइन्छ । बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुबेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफलाइट्सि र पिसीभी खोप १५ महिनाभित्र दिने गरिन्छ । यी खोपले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ । 

लकडाउनको समयमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गर्भवती महिलालाई लगाइने टिडी खोप पनि सञ्चालन भएको खोप सुपरभाइजर निरीक्षक भट्टको भनाइ छ । 
 

सोमबार, १५ बैशाख २०७७, १४ : ५२

प्रतिक्रिया