मुख्यमन्त्रीलाई टेर्दैनन् कर्मचारी, प्रधानमन्त्रीसँग गुहार

६ बर्ष अगाडि

जनकपुरधाम-  प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले प्रदेश सरकार सञ्चालनमा संघीय कर्मचारीबाटसहयोग नभएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री राउतले संघीय कर्मचारीले असहयोग गरेपछि केन्द्रीय सरकारबाट सहयोगका लागि प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।

प्रदेशमा केन्द्रबाट पठाइएका कर्मचारीहरु हालसम्म उपस्थित नभएको पनि उनले गुनासो गरेका छन् । कर्मचारीसहित प्रदेश सरकारका लागि आवश्यक स्रोत साधनसमेत अभाव रहेको भन्दै मुख्यमन्त्री राउतले सहयोग गरिदिन प्रधानमन्त्री ओलीलाई पत्र नै पठाएका छन् ।

राउतले फागुन ३ गते प्रदेश सरकार गठन भए पनि सरकारको काम अघि बढाउने क्रममा संघीय कर्मचारीहरु असहयोगी भइरहेको तथा कर्मचारी अभावका कारण कार्यसम्पादन समेत हुन नसकेको कुरा पत्रमा उल्लेख गरेका छन्, अन्नपूर्णमा खबर छ  ।

‘प्रदेश २ को आफ्नै प्रकारको सुरक्षा संवेदनशीलतो छ । यसबारे म प्रान्तीय सरकारको मुख्यमन्त्री र मेरा मन्त्रिमण्डलका साथीहरु तथा प्रान्तका अन्य महत्वपूर्ण पदाधिकारीको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्न खोज्दा संघीय कर्मचारीबाट हामीले सहयोग प्राप्त गर्न नसकेको अनुभूति भएको छ’, प्रधानमन्त्रीलाई पठाइएको पत्रमा भनिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया