कांग्रेसको छाया सरकार : सबै मन्त्रालयका मन्त्री तोकिने

६ बर्ष अगाडि


काठमाडौं-  कांग्रेसले वाम गठबन्धनको सरकारलाई निगरानी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ।निर्वाचनपछि बसेको संसदीय दलको पहिलो बैठकले शनिबार संघीय संसद्को विधान पारित गर्दै दलका नेताको नेतृत्वमा छाया सरकार गठन गर्ने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको संघीय संसद्को विधान पारित गरेको छ। परिमार्जनसहितको उक्त विधान आइतबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने भएको छ। केन्द्रीय बैठकले पारित गरेपछि विधान लागू हुन्छ।

केन्द्रीय स्तरमा सरकारले जे-जति मन्त्रालय गठन गर्छ, त्यसैअनुसार छाया मन्त्रीसमेत चयन गर्ने तयारी कांग्रेसले गरेको छ। छाया मन्त्रीले सम्बन्धित मन्त्रालयको हरेक गतिविधिलाई निगरानी गर्नेछन्। प्रजातान्त्रिक मुलुकमा सरकारका गतिविधि निगरानी गर्न छाया सरकार गठन गर्ने प्रचलन रहेको भन्दै कांग्रेसले त्यसको तयारी गरेको हो। अन्नपूर्ण पोस्टमा खबर छ |

 

 

६ बर्ष अगाडि

प्रतिक्रिया