कछुवा गतिमा मध्यभोटेकोसी जलविद्युत् आयोजना

६ बर्ष अगाडि

काठमाडौँ- चार वर्षभित्र सम्पन्न गर्नेगरी सुरु गरिएको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको ६ वर्षमा जम्मा ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाको व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको हो ।

सिन्धुपाल्चोकको हालसम्मकै बढी (१ सय २० मेगावाट) को यो आयोजना विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा सुरु भएको थियो । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरिरहेका घिसिङको अग्रसरतामा यो आयोजना सुरु भए पनि अहिले उनी प्राधिकरणका प्रमुख हुँदा पनि यो आयोजनालाई समयमा सम्पन्न गर्न चासो नदिएको स्थानीयको आरोप छ ।

सन् २०१३ मा निर्माण सुरु भई सन् २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भए पनि भूकम्प, नाकाबन्दी र भोटेकोसी बाढीका कारण आयोजनाको म्याद थपिएर सन् २०१९ को जुनसम्म पुगेको छ ।
चिलिमे मोडलमा निर्माण हुन लागेको यो आयोजनामा स्थानीयलाई समेत सेयर दिएर निर्माण गर्न लागे पनि आयोजनाकै कारण ढिलाइ भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा बताउँछन्, राजधानी दैनिकमा खबर छ । .

६ बर्ष अगाडि

प्रतिक्रिया