काठमाडौं – नेपाल धितापत्र बोर्डबाट अनुमति पाएसँगै माउण्टेन इनर्जी नेपालले पहिलो चरणमा प्रभावित र अति प्रभावित स्थानीय तहलाई आईपीओ निष्काशन गर्न लागेको छ । कम्पनीले यही साउन ८ गतेदेखि प्रभावित स्थानीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले बिहीबार बोर्डबाट रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । त्यसमा प्रभावित स्थानियका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर छुट्टाइएको छ । कम्पनीले अहिले सोही आईपीओ मात्र निष्काशन गर्न लागेको हो । सर्वसाधारणका लागि छुट्टाइएको १९ लाख ६८ हजार २७ कित्ता भने त्यसपछि निष्काशन गरिने छ ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा छिटोमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । आवश्यक आवेदन नपरेमा भने ५ गतेसम्म आवेदन दिने पाउने व्यवस्था गरिएको हो ।
कम्पनीले यसका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्री गर्ने बताइएको छ । त्यहाँका स्थानीयले न्यूनतम १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपीओले केयर एनपी ग्रेड ४ पाएको छ, यसले कम्पनीको वित्तीय अवस्था नै भएको जनाउछ ।
प्रतिक्रिया