काठमाडौं – नागरिक लगानी कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतमा गरेको लगानी समयमा नै फिर्ता नहुने देखिएको छ । महालेखा परिक्षकले हालै सार्वजनिक गरेको ५७ औं बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।
कोषले उत्तः आयोजनामा रु. २ अर्ब कर्जा र रु. २१ अर्ब १८ लाख शेयर लगानी गरेको छ । कोषले उक्त कम्पनीसँग २०७६ असार मसान्तसम्म कर्जा र व्याजसमेत गरेर ३ अर्ब ४९ करोड लिनुपर्ने देखिएको छ ।
कोषले १५ बर्षका लागि गरेको ऋण सम्झौता अवधीमध्ये ९ बर्ष परियोजना निर्माणमा नै वितिसकेको छ । पहिलेको सम्झौताअनुसा बाँकी रहेको ६ बर्षमा ऋण चुक्ता हुने अवस्था नभएको महालेखाको भनाइ छ ।
प्रतिक्रिया