लिवर्टी ईनर्जीले साउन ७ गतेदेखि आईपीओ बिक्री गर्ने

आइतबार, ०४ साउन २०७७, १४ : ३४

काठमाडौं – लकडाउनका कारण यसअघि स्थगित गरिएको लिवर्टी ईनर्जीको आइपीओ निष्काशन साउन ७ गतेदेखि पुनः निष्काशनमा आउने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै साउन ७ गतेदेखि स्थानीय तथा आयोजना प्रभावितहरूका लागि आईपीओ बिक्री गर्ने बताएको हो ।  उक्त आईपीओमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ । 

कम्पनीले गत फागुन २७ गतेदेखि आयोजना प्रभावित स्थानीयहरुलाई १५ लाख कित्ता आईपीओ  बिक्री गर्न लागेकोथियो । तर, कोरोना भाइरसले उब्जाएको परिस्थीतिका कारण त्यो स्थगित गरिएको थियो । 

कम्पनीले निष्काशन गर्न लागेको कुल शेयर मध्ये लमजुङ्ग जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुले ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशिसहर नगरपालिकाको वडा नं. ११ का स्थानीइलाई ५ लाख कित्ता आईपीओ पाउने छन् । यस्तै, लमजुङ्ग जिल्लाका सम्पूर्ण बासिन्दाहरुले बाँकी रहेको ५ लाख कित्ता पाउने छन् । स्थानीयहरुले न्यूनतम१० कित्तादेखि अधिक्तम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 
 
कम्पनीले प्रति कित्ता १ सयको दरलले नै आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर बिक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग दिएको छ।

आइतबार, ०४ साउन २०७७, १४ : ३४

प्रतिक्रिया