फेरी बढ्यो सुनको मुल्य, तोलाको झण्डै लाख

मंगलबार, २० साउन २०७७, १० : ५६

काठमाडौं – मंगलबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको दर भाउ सार्वजनिक गर्दै सुनको मुल्य प्रतितोला रु. ९९ हजार ८०० रुपैयाँ तोकेको छ, जुन सोमबारको तुलनामा २०० रुपैयाँले बढी हो । यो मुल्य हालसम्मकै उच्च पनि हो ।  सोमबार सुनको मुल्य प्रतितोला ९९ हजार ६०० रुपैयाँ रहेको थियो । 
यस्तै, आजका लागि तेजावी सुनको मुल्य ९९ हजार ३७५ रुपैयाँ तोकिएको छ । 
यसैगरि आज चाँदी प्रतितोला रु. १२३० मा कारोबार गर्न सकिने महासंघले बताएको छ । 

मंगलबार, २० साउन २०७७, १० : ५६

प्रतिक्रिया