सिमेन्ट र किलिंकर आयातमा भारी गिरावट

मंगलबार, २० साउन २०७७, १३ : ४५

काठमाडौं – गत आर्थिक बर्ष २०७६÷७७ मा सिमेन्ट आयात ६५.४० प्रतिशतले घटेको छ । सिमेन्टको आन्तिरिक उत्पादन बढेपछि आयात पनि घटेको हो । 
व्यापार तथा निर्यात प्रवद्र्धक केन्द्रको तथ्यांकअनुसार गत आवमा ४५ करोड ४१ लाख १६ हजारको सिमेन्ट आयात भएको छ । अघिल्लो आव २०७५÷७६ मा रू. १ अर्ब ३१ करोड २९ लाख २३ हजारको सिमेन्ट आयात भएको थियो । 
यस्तै, समिक्षा बर्षमा सिमेन्ट किलिंकर आायत  पनि ६२.२ प्रतिशतले घटेको छ । गत आवमा ११ अर्ब ६७ करोड ८७ लाख रुपैयाँको किलिंकर आयात भएको छ । अघिल्लो आव भने ४ अर्ब ४१ करोड ४३ लाखको किलिंकर आयात भएको थियो । 
 

मंगलबार, २० साउन २०७७, १३ : ४५

प्रतिक्रिया