लकडाउनमा कति कर्मचारीले गुमाए रोजगार ?

३ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनमा उद्योग÷व्यवसायहरुले मुलुकभर झण्डै एक चौथाइ (२२.५ प्रतिशत) कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो । 
राष्ट्र बैंकको सर्वेक्षणअनुसार कटौती भएका कर्मचारी मध्ये दुई तिहाइभन्दा बढी (७०.६प्रतिशत) अस्थायी÷करारका कर्मचारी रहेको देखिएको छ । 
यस्तै, होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कटौती गरेको पाइएको छ ।  होटले क्षेत्रले (४० प्रतिशत) कर्मचारी÷कामदार कटौती गरेको देखिएको छ, जसमा ५८.२ प्रतिशत अस्थायी कामदार रहेका राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, शिक्षा क्षेत्रमा  भने सबैभन्दा कम अर्थात् (५.६ प्रतिशत) कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ । 

लकडाउनमा घरेलु उद्योग र लघु उद्यम÷साना खुद्रा व्यापारहरुले राष्ट्रिय औसतभन्दा धेरै कर्मचारी÷कामदार कटौती गरेका छन् । सबैभन्दा धेरै कर्मचारी÷कामदार कटौती गर्नेमा घरेलु उद्योग (३०.५ प्रतिशत) र सबैभन्दा कम कर्मचारी÷कामदार कटौती गर्नेमा ठूला उद्योग (१४ प्रतिशत) रहेको राष्ट्र बैंकको भनाइ छ । 
 कटौती भएकामध्ये अस्थायी कामदार धेरै कटौती गर्नेमा लघु उद्यम÷साना खुद्रा व्यापार र स्थायी कर्मचारी÷कामदार धेरै कटौती गर्नेमा ठूला उद्योग÷व्यवसाय अग्रस्थानमा रहेको सर्वेक्षणले देखाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया