लकडाउनमा कर्मचारीहरुको तलव ३८ प्रतिशतसम्मले कटौती, कुन क्षेत्रले कति कटौती गरे ?

३ बर्ष अगाडि

काठमाडौं – लकडाउन अवधीमा उद्योग÷व्यवसायहरुले कर्मचारीहरुको तलव औसतमा १८.२ प्रतिशतले कटौती गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

तलव कटौती गर्नेमा सबैन्दा अगाडि होटल क्षेत्र रहेको छ । होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सबैभन्दा धेरै (३६.४ प्रतिशत) तलब कटौती भएको सर्वेक्षणले देखाएको छ । 

यस्तै, होटल तथा रेष्टुरेन्ट क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रमा ३१.२ प्रतिशत र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ । स्वास्थ्य तथा सामाजिक कार्य क्षेत्रमा ५.४ प्रतिशतले तलब
कटौती गरेको पाइएको छ भने खानी तथा उत्खनन क्षेत्रमा तलब कटौती भएको नदेखिएको  राष्ट्र बैंकको भनाइ छ । 

बन्दाबन्दी अवधिमा ठूला उद्योग÷व्यवसायहरुले सबैभन्दा धेरै (२२.५ प्रतिशत) र मझौला उद्योग÷व्यवसायहरुले सबैभन्दा कम (१३.६ प्रतिशत) ले तलब कटौती गरेको देखिएको छ । लघु उद्यम÷साना खुद्रा व्यापार र ठूला उद्योग÷व्यवसायहरुले राष्ट्रिय औसतभन्दा धेरै तलब कटौती गरेको पाइएको  सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया