राजस्वमा खरिदबिक्री खाता प्रमाणीकरण पुस मसान्तसम्म

साउन २३, २०७७ | आजको अर्थ
ajaako_artha

आन्तरिक राजस्व विभागले व्यवसायीक फर्म तथा कम्पनीको खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्मप गरेको छ । 

कोरोना भाइरसको महामारीको समयमा खाता प्रमाणीकरणका लागि राजश्व कार्यालयहरुमा भिड बढेर संक्रणको जोखिम भएपछि विभागले प्रमाणीकरणको म्याद थपेको हो । 

यसअघि खाता प्रमाणिकरणको म्याद साउन मसान्तसम्म मात्रै थियो । व्यवसायीहरुले भदौ र असोजसम्मको म्याद माग गरेपनि विभागले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। 

मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।

यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गरिएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८