तीन नयाँ भण्डारण गृह बन्दै

साउन २४, २०७७ | आजको अर्थ
ajaako_artha

आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् । चालू आर्थिक वर्ष २०७७÷७८ मा नै सो कार्य प्रारम्भ गरिने नेपाल आयल निगमले जनाएको छ ।
हाल नेपालमा पेट्रोल पाँच दिन, डिजेल आठ दिन र हवाई इन्धन १० दिनलाई पुग्ने भण्डारण क्षमता छ । त्यसलाई वृद्धि गरी पहिलो चरणमा कम्तीमा एक महिनालाई पुग्ने भण्डारण क्षमता बढाउन लागिएको हो ।
निगमले वार्षिक नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको भण्डारणलाई उच्च प्राथमिकतामा राखेको छ । सातै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन कर्णाली र सुदूरपश्चिम प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाइने भएको छ । भण्डारण गृह निर्माणका लागि निगमले यसअघि नै जग्गा खरिद गरिसकेको छ । गोरखापत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८