टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडी अदालतमा उपस्थित, बयान र थुनछेक बहस हुँदै

मंगलबार, २४ असार २०८२, ११ : ४८

काठमाडौं- विलिङ्ग सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा खेपेकी नेपाल टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडी विशेष अदालतमा उपस्थित भएकी छन् । मंगलबार बिहान पहाडी अदालतमा उपस्थित भएकी हुन् ।

अदालतमा उपस्थित भएसँगै न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान हुँदै छ । बयानपछि थुनछेक बहस सुरु हुनेछ ।

तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी निमित्त हुँदै २०८१ भदौ २० गते प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

तर उनीसहित १८ जनाविरुद्ध गत जेठ २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएसँगै पहाडी स्वतः निलम्बनमा परेकी थिइन् ।

 
मंगलबार, २४ असार २०८२, ११ : ४८

प्रतिक्रिया