काठमाडौं – विद्युत उत्पादन, प्रसारण र वितरण गर्दै आएको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्षमा ११ अर्ब ५ करोड ६० लाख खुद नाफा कमाएको छ । प्राधिकरणले आज ३५ औं बार्षिक उत्सव मनाउँदै छ । सो अवसरमा प्राधिकरणले जारी गरेको प्रतिबद्धतामा यस्तो देखिएको हो ।
प्राधिकरणको यो नाफा अघिल्लो आवको भन्दा पनि बढी हो । अघिल्लो आवमा प्राधिकरणले रु. ९ अर्ब ८४ करोड नाफा कमाएको थियो । कोरोनाको महामारीका कारण विद्युत खपतमा गिरावट आइ प्राधिकरण व्यवसायमा असर पुगेपनि नाफा भने बढेको छ । साथै, सरकारी संस्थान मध्ये सबैभन्दा बढी नाफा कमाउने संस्थान हुन पनि सफल भएको प्राधिकरणको भनाइ छ ।
आव २०७२÷७३ मा प्राधिकरण रु. ८ अर्ब ८९ करोडले खुद घाटामा थियो । तर, अहिले भने अत्याधिक मात्रामा नाफा कमाएको छ । बिशेषगरि विद्युत चुहावटमा आएको नियन्त्रण, लोडसेडिङको अन्त्य जस्ता कारणले प्राधिकरणको नाफामा सुधार आएको बताइएको छ ।
प्रतिक्रिया