ह्वात्तै बढ्यो विद्युत निर्यात

सोमबार, ०१ भदौ २०७७, १२ : १७

काठमाडौं – गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ हुने विद्युत निर्यात ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणले ३५ औं बार्षिक उत्सवको अवसरमा सार्वजनिक गरेको एक तथ्यांकले यस्तो देखाएको हो । 
तथ्यांकअनुसार गत आवमा नेपालदखि १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ । अघिल्लो आव भने ३ करोड ४७ लाख युनिट विद्युत निर्यात भएको थियो । 
बिशेषगरि नेपालको आन्तरीक उत्पादन बढेपछि विद्युत निर्यात पनि बढेको हो । अब केही बर्ष भित्र विद्युतमा पुर्ण आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणको भनाइ छ । हाल नेपालले अप सिजनमा भारतबाट पनि विद्युत आयात गर्दै आएको छ, जुन नेपालदेखि निर्यात गरिने भन्दा बढी ।
आव २०७४÷७५ मा भने २९ लाख युनिट विद्युत निर्यात भएको थियो । त्यसअघिका आवमा भने अत्यन्त न्यून मात्रामा विद्युत निर्यात भएको थियो । 

सोमबार, ०१ भदौ २०७७, १२ : १७

प्रतिक्रिया