काठमाडौं – बुटवल पावर कम्पनीले गत आर्थिक बर्षमा रू. ७२ करोड २९ लाख ४५ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा अघिल्लो आवको भन्दा कम हो । अघिल्लो आवको कम्पनीले ७६ करोड ३ लाख ३५ हजार खुद नाफा कमाएको थियो ।
अन्य थप आम्दानी सहित कम्पनीले गत आवमा रु. ७५ करोड ७१ लाख कमाएको देखिन्छ ।
वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी २६.९४ रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको प्रति शेयर आम्दानी ३१.१५ रुपयाँ रहेको थियो, जसअनुसार कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको देखिन्छ ।
यस्तै, प्रति शेयर नेटवर्थ २६६८.९६, करेन्ट रेसियो ६.६०, पीई रेसियो १३.३३ रहेको छ ।
प्रतिक्रिया