काठमाडौं – लिवर्टी इनर्जी कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा आवश्यक भन्दा बढी आवेदन आएपछि आज आवेदन दिन अन्तिम दिन तोकिएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय क्षेत्रमा बिक्री नभएको शेयर सहित गत भदौ ३ गतेदेखि उक्त शेयर निष्काशन गरेको थियो । त्यसमा आम सर्वसाधारणले १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । एक कित्ता शेयरको बिक्री मुल्य १०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया