जोखिम मोलेर इन्धन आपूर्तिमा खटेका कर्मचारीको कोरोना वीमा र सुरक्षाको व्यवस्था गर्न माग

मंगलबार, ०९ भदौ २०७७, २२ : २३

कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटेका कर्मचारीहरुको वीमा तथा सुरक्षा गर्न नेपाल आयल निगमको आधिकारिक ट्रेड यूनियन नेपाल आयल निगम कर्मचारी संघले माग गरेको छ । 

संघले मंगलबार विज्ञप्ती जारी गरी अति प्रज्वलनशील पदार्थको आपूर्ति तथा वितरणमा चूनौतिपूर्ण समयमा काम गरिरहेका कर्मचारीलाई धन्यवाद दिँदै उनीहरुको सुरक्षाको माग गरेको हो । 

संघका अध्यक्ष गोपालचन्द्र राईद्वारा मंगलबार जारी विज्ञप्तीमा उच्च जोखिमा खटिएका कर्मचारीहरुलाई वीमा, जोखिम भत्ता, स्वास्थ्य सुरक्षाको सामग्री, नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था गर्न माग गरीएको छ ।
 
विज्ञप्तीमा  संक्रमित कर्मचारी तथा निजका परिवारलाई सुविधा सम्पन्न आइसोलशन कक्ष समेत को व्यवस्था गर्न भनिएको छ । 

विज्ञप्तीमा जनाइए अनुसार कोभिड १९ बाट निगमको ५ नम्बर प्रादेशिक कार्यालय भलबारी, पेट्रोल पम्प भैरहवा, हवाई इन्धन डिपो भैरहवा, २ नम्बर प्रादेशिक कार्यालय अमलेखगन्ज र शाखा कार्यालय विरगन्जका कर्मचारी र उनीहरुको परिवारमा संक्रमित बनेका छन् ।

मंगलबार, ०९ भदौ २०७७, २२ : २३

प्रतिक्रिया