वडाअध्यक्षकै मिलेमतोमा अबैध ढुंगागिटी उत्खनन, गाउँपालिकाले स्काभेटर सहित २ जनालाई नियन्त्रणमा लियो

३ बर्ष अगाडि

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ मा वडाध्यक्षकै मिलेमतोमा अवैध रुपमा गिटि बालुवा उत्खनन भएको खुलेको छ । 

बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट व्यक्तिको जग्गामा सम्झौता गरी अबैध रुपमा गिटीबालुवा उत्खनन गर्न वडाध्यक्षले अनुमति दिएको प्रमाण फेला परेपछि वडाध्यक्षकै मिलेमतो रहेको खुलेको हो । 

गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गते देखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको भएपनि वडाध्यक्ष ...ले कानून मिचेर उत्खनन गर्न अनुमति दिएका हुन् । 

वडाध्यक्षको अनुमतिमा निसिखोला ७ का सुनिल कुँवर र रेशम पुनले केही महिना अघि देखि स्थानिय छलि विक र गया विकको करिव ३ रोपनी जग्गा भाडामा लिएर उत्खनन गरिरहेका छन् । 

यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको निति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सवै पक्ष वसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ ।
 
बडिगाड गाउँपालिकाले भने अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएकोले वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकिय अधिकृत थम्मन रेश्मीले बताए । 

गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अबैध कार्य जो कोहि भएपनि कानुनी दायरामा आउनुपर्ने जनाएका छन् । 

गाउँपालिकाको पहलमा गिटि बालुवा उत्खनन् गरिरहेको अबस्थामा हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया