सरकारले बढायाे पेट्रोलको मूल्य

मंगलबार, १६ भदौ २०७७, २० : २५

सरकारले पेट्रोलको मूल्य बढाएको छ ।

मंगलबार मध्यरातपछि लागू हुनेगरि नेपाल आयल निगमले निगमले लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

निगमले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्य पेट्रोलियम पदार्थ, ग्यास, डिजेल लगायतको मूल्य भने यथावत राखेको जनाएकाे छ ।

निगमले निषेधाज्ञा भारतबाट मूल्य बढेर आएपछि नेपालमा पनि मूल्य बढाउने निर्णय भएको छ ।

जारी विज्ञप्तिमा भनिएकाे छ, 'हाल मूल्य समायाेजन भए पश्चात पनि भारतीय सीमा रक्साैलसँग जाेडिएकाे नेपालकाे वीरगंज क्षेत्रमा पेट्राेल प्रति लिटर रू. ३२.२६ र डिजेल प्रति लिटर ३६.७५ ले नेपाल तर्फ सस्ताे रहेकाे सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।'

मंगलबार, १६ भदौ २०७७, २० : २५

प्रतिक्रिया