वाइवाइ चाउचाउ उद्योगका ४२ जना कर्मचारीमा एकैदिन कोरोना संक्रमण

३ बर्ष अगाडि

चौधरी ग्रुपको वाइवाइ चाउचाउ उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाको बासगढीस्थित उद्योगमा कार्यरत ४२ जना कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले बताए । 

यसअघि पनि उक्त कम्पनिका कर्मचारीहरुमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरेर परीक्षण गर्दा ४२ जनामा पनि पोजेटिभ देखिएको उनको भनाई छ । 

उनीहरुको भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा पीसीआर परीक्षण भएको थियो । 

कर्मचारीमा कोारेना देखिएपछि उद्योगलाई सिल गरिएको थियो । चौधरी ग्रुपका मालिक एवम् सांसद विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएकामा उनी भने निको भइसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया