निजी प्रयोगशालाका रिपोर्टलाई पनि मान्यता दिइँदै

३ बर्ष अगाडि

बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने भएको छ । गोरखापत्रमा खबर छ । 
 बीमा समितिले बीमा कम्पनीका प्रतिनिधि, नेपाल उद्योग परिसङ्घ नेपाल, उद्योग वाणिज्य महासङ्घ र नेपाल बीमक सङ्घलगायत संस्थाका प्रतिनिधिसँगका छलफलपछि यस्तो निर्णय गरेको हो ।

बीमा समितिका कार्यकारी अधिकृत राजुरमण पौडेलले आइतबार बसेको बैठकले निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने बाटो खुला गर्न लागिएको बताए ।
बीमा समितिले विद्यमान दाबी भुक्तानी प्रक्रिया सरल बनाउन पनि निर्देशन दिएको छ । समितिले भदौ ११ सम्ममा बीमा कम्पनीहरूमा प्राप्त सबै दाबीमध्ये स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण प्रतिवेदन प्राप्त भएका भुक्तानी दाबीलाई सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।

त्यस्तै निजी प्रयोगाशालाबाट प्राप्त दाबीको छानबिन गर्न समितिका कार्यकारी निर्देशकका संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिनिधि रहेका अनुदान व्यवस्थापन समितिले छानबिन गरी समितिको सुझावका आधारमा दाबी भुक्तानीसम्बन्धी निर्णय गर्ने कार्यकारी अधिकृत पौडेलले बताए ।

३ बर्ष अगाडि

प्रतिक्रिया