किसानले उत्पादन गरेको सिन्कीदेखि काेदाेसम्म गाउँपालिकाले बिक्री गरिदिने

३ बर्ष अगाडि

गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेको सिन्की (गुन्द्रुक) देखि मुलाको चानासम्म बिक्री गर्ने व्यवस्था मिलाइदिएको छ । 

गाउँपालिकाले आर्थिक समृद्धिको लागि ग्रामिण कृषि उद्यमशीलता, बुटवलसँगको समन्वयमा विभिन्न विभिन्न १० प्रकाका कृषि उपज बिक्री गर्ने व्यवस्था मिलाएका हो । 

गाउँपालिका र उक्त कम्पनीबीच कर्कलाको तितौरा, मुलाको सिन्की, मुलाको सुकाएको चाना, बेसार, कोदो, बोडी, मकै भट्ट र गहत गाउँपालिकामा संलन गरी कम्पनीले खरिद गरिदिने सम्झौता भएको छ । 

सम्झौता अनुसार गाउँपालिकाले किसनले उत्पादन गरेको उत्पादन संकलन गरीदिने छ भने कम्पनीले गाउँपालिकामा संकलन भएको उपज उचित मूल्यमा खरिद खरिद गरिदिने छ । 

किसानलाई आत्मनिभर्र बनाउन, कृषि उपजमा विचौलियाको अन्त्य गर्न र कोभिडबाट रोजारी गुमाएकाहरुलाई कृषिमा लाग्न प्रेरीत गर्न सिधै कृषि उपज खरिदको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । 

‘गतवर्ष चीनबाट मात्रै नेपालमा ४५ करोडको सिन्की खरिद गरको तथ्यांक छ तर गाउँमा सिन्की र मूला त्यतिकै खेर गइरहेको छ’, उनले भने, ‘यस्तो अबस्थामा हामीले गाउँका किसानको खेर गएको कृषि उपज बजारसम्म पु¥याउन र रोजगारबिहीन भएकाहरुलाई कृषिमा लाग्न प्रेरीत गर्न यस्तो व्यवस्था गरेका हौँ ।’ 

किसानले उत्पादन गरेर ल्याएको उपज सो कम्पनीले नगरेपनि गाउँपालिकाले खरिद गरिदिने अध्यक्ष पोखरेलको भनाई छ । ‘तर उत्पादि वस्तु गुणस्तरीय र मिसावट नभएको भने हुनुप¥यो’, उनले भने । 

उनका अनुसार कोभिडका कारण रोजगारी गुमाएकाहरुलाई कृषिमा लाग्न प्रेरीत गर्न, गाउँमा बाँदरका कारणले अन्य वस्तुको उत्पादनमा समस्या भएकोले बाँदरले धेरै क्षती नगर्ने मूला लगायतको तरकारी लगाएर चाना, सिन्की समेत खरिद बिक्रीको व्यवस्था मिलाइएको हो । 

कमपनीसँगको सम्झौतापछि गाउँपालिकाले किसानलाई आफ्ना उत्पादनहरु सङ्कलन केन्द्रसम्म पुर्‍याउन सूचना जारी गरेको छ ।

कम्पनीले गाउँपालिकामा संकलन भएको तितौरा प्रतिकिलो तीन सय ८० रुपैयाँ, सिन्की प्रति किलो चार सय, मुलाको चाना ६० रुपैयाँ, बेसार दुई सय ८५ रुपैयाँ, कोदो ३७ रुपैयाँ किलो, बोडीको दाल एक सय ५० रुपैयाँ, मकै ४०, भटमास ७० र गहत प्रतिकिलो ९० रुपैयाँमा मा खरिद गर्ने छ । 

उल्लेखित कृािष वस्तु किसानले धेरै उत्पादन गरेर आफै बुटवलसम्म पु¥याएमा किसानले उपरोक्त मूल्यको अतिरिक्त ढुवानी भाडासमेत पाउने अध्यक्ष पोखरेलले बताए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया