माउन्टेन इजर्नीको आईपीओ भदौ ३१ गतेदेखि बिक्रीमा

३ बर्ष अगाडि

काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थागित गरेको आईपीओ निष्काशन खुल्ला गरेको छ । कम्पनीले आगामी भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 
कम्पनीले साउन २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नुवाकोट र म्याग्दीका स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो । तर, त्यो समयमा बाढी पहिराले जन जिवन प्रभावित भएपछि तत्काललाई निष्काशन स्थगित गरेको थियो । 
त्यसपछि भदौ ३१ गतेदेखि आईपीओ बिक्री गर्न लागिएको हो ।  कम्पनीले पहिलो चरणमा उत्त दुई जिल्लाका स्थानीयलाई रु. १०० को दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको हो । स्थानीयले आगामी असोज १४ गतेसम्म आवेदन दिन सक्ने छन् । ढिलामो भने असोज २९ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । 
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ । स्थानीयले सबै शेयर खरिद नगरेमा त्यो शेयर पनि यसमा थप हुने छन । 
कम्पनीको शेयर बिक्री प्रवन्ध्क नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया