आज एकैदिन १९ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु

३ बर्ष अगाडि

वितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । 

काठमाडौं, भक्तपुर, ललिपुर, कपिलवस्तु, रुपन्देही, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङ्गमा गरी १९ जनाको मृत्यु भएको हो । 

सरकारी तथ्यांक अनुसार काठमाडौमा ६ जना, भक्तपुर, कपिलवस्तु र रुपन्देहीका २÷२ जनाको मृत्यु भएको छ । त्यस्तै  ललितपुर, रामेछाप, गोरखा, नवलपरासी, सिराहा, पर्सा र मोरङका एक÷एक जनाको मृत्यु भएको  विभिन्न प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएका छन् । 

काठमाडौंमा ६१ वर्षीया महिला तथा ७०, ७३, ७७ र ८५ वर्षका पुरुषको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नागार्जुनका ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको जनाइएको छ । 

त्यस्तै भक्तपुरका ७२ र ७४ वर्षका पुरुष, कपिलवस्तुका ४७ वर्षीया महिला र ५८ वर्षीय पुरुषको तथा रुपन्देहीका ६४ र ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

ललितपुरका ५५ वर्षीय पुरुष, रामेछापका २३ वर्षीय पुरुष, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासी पूर्वकी ६२ वर्षीया महिला र सिराहाकी ३५ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । 

त्यस्तै पर्साकी ५५ वर्षीया महिला, मोरङका ४० वर्षीय पुरुषको पनि आज मृत्यु भएको जनाइएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया