कुलमानले छाडेपछि कोइरालाले सम्हाले विद्युत प्राधिकरण

३ बर्ष अगाडि

उर्जामन्त्रालयले नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक लेखनाथ कोइराला प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । 

कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै उर्जामन्त्री वर्षमान पुनले कोइरालालाई  निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् । 

१२ तहका कर्मचारी कोइरालालाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी तोकिएको मन्त्रालय स्रोतले बताएको छ । 

घिसिङ  ४ वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट विदा भएका थिए । देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अबस्थामा प्राधिकरण सम्हालेका घिसिङले लोडसेडिङ अन्त्य गर्नुका साथै घाटाका रहेको प्राधिकरणलाई नाफामा लगेका थिए । 

उनको यही कामबाट निकै खुसी भएका जनताले घिसिङलाई अझै एक कार्यकाल कार्यकारी दिनुपर्ने माग राख्दै आएपनि सरकारले यसबारे केही निर्णय गरको छैन । 

३ बर्ष अगाडि

प्रतिक्रिया