माउन्टेन इनर्जीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

३ बर्ष अगाडि

काठमाडौं – माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थागित गरेको आईपीओमा आजदेखि पुनः निष्काशन गरिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियहरुका लागि आईपीओ बिक्रीमा ल्याएको हो । सम्बन्धीत स्थानीहरुले आजदेखि उक्त आईपीओ आवेदन दिन सक्नेछन् । 

कम्पनीले साउन २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नुवाकोट र म्याग्दीका स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो । तर, त्यो समयमा बाढी पहिराले जन जिवन प्रभावित भएपछि तत्काललाई निष्काशन स्थगित गरेको थियो । त्यसपछि आजदेखि आईपीओ बिक्रीमा ल्याइएको हो । 
कम्पनीले पहिलो चरणमा उत्त दुई जिल्लाका स्थानीयलाई रु. १०० को दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । स्थानीयले आगामी असोज १४ गतेसम्म आवेदन दिन सक्ने छन् । ढिलामो भने असोज २९ गतेसम्म आवेदन दिनुपर्ने हुन्छ । 
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ । स्थानीयले सबै शेयर खरिद नगरेमा त्यो शेयर पनि यसमा थप हुने छन । 
कम्पनीको शेयर बिक्री प्रवन्ध्क नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटल छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ दिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया