नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
निगमले बुधवार राति १२ बजेबाट लागु हुने गरी डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
नयाँ मुल्य अनुसार डिजेल मट्टितेल प्रतिलिटर ९० रुपियाँ भएको छ ।
पेट्रोल, हवाई इन्धन र एल।पी ग्यासको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट भदौं ३१ गते प्राप्त खरिद मूल्य अनुसार पेटोलियम पदार्थको मूल्य केही घटेर आएकाले निगमले मूल्य समायोजन गरेको प्रवक्ता विनितमणी उपाध्यायले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेशन र नेपाल आयल निगमबीच सञ्चालन हुदै आएको स्वचालित मूल्य सूची प्रणाली अनुसार हरेक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गर्दछ ।
प्रतिक्रिया